
काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो ।
आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता अनिर्वाय हुनेपर्ने छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।
मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने आयोगले प्रस्ट पारेको हो । देशभर १६५ सिटका लागि आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।











