Logo
Logo

झापाको सुकुम्बासी बस्ती पुगेर बालेनले भने- यहाँ डोजर चलाउँदिन


567
Shares

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान सुरु गरेका छन् ।

मङ्गलवार बिहानैदेखि विभिन्न झापा-५ का विभिन्न स्थानमा पुगेर बालेनले सामूहिक छलफल सुरु गरेका हुन् । छलफलमा बालेनले स्थानीय समस्या बुझ्ने प्रयास गरिरहेको र छलफलमा राखिएका कुरा ध्यानपूर्वक सुनेको स्थानीयले बताएका छन् । 

यसैबीच बालेन झापा-५ को कमला गाउँपालिकाका सुकुम्बासी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए । बालेनले झापाको अवस्था फरक रहेको, यहाँ असली सुकुम्बासी भएकोले डोजर नचलाउने र आफूहरूले समस्या समाधान गर्ने बताए ।  

बालेन आफ्नो निर्वाचन क्षेत्रका साथै कोशी प्रदेशका अन्य जिल्लामा पनि चुनावी अभियानमा सहभागी हुने रास्वपाले जनाएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली पुगेका बालेन सोमबार मात्र झापा आएका हुन् ।

झापा-५ मा बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिरहेकाले यस क्षेत्रमा देशभरको चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्