
काठमाडौं । आज काठमाडौं उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ । आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस देखिएको हो ।
हिजो (मंलबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस कायम भएको थियो । आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ मा मापन गरिन्छ ।
त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवाती मापनमा देखिएभन्दा केही कम हुने सम्भावना हुन्छ । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।











