Logo
Logo

फागुन २१ मा हुने चुनाव दुई चरणमा नगरियोस्ः प्रचण्ड


378
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा चुनाव फागुन २१ गते हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले चुनाव दुई चरणमा नगर्ने सरकारलाई सुझाव दिएका हुन् ।

उनले भने, ‘चुनाव दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण तय गरियोस्। यो पटकको निर्वाचन सामान्य निर्वाचन होइन, असाधारण परिस्थितिमा हुन लागेको हो । यसलाई राष्ट्र र जनताको निम्ति ठिक ढङ्गले सम्पन्न गर्नुपर्छ।’

उनले केही व्यक्तिहरूले अझै चुनाव हुने कि नहुने भन्ने आशंका राखिरहेको उल्लेख गर्दै तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताए । प्रचण्डले स्वच्छ र धाँधलीरहित निर्वाचन भएको खण्डमा नेकपाले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्