Logo
Logo

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


378
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी छन् ।

बुधबार सिंहदरबारमा स्वास्थ्य बिमामा देखिएको समस्याबारे सरोकारवाला निकायसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न विकल्पबाट भएपनि आर्थिक स्रोत जुटाइ स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

उनले वर्तमान सरकारको अवधि छाटो रहेकाले स्वास्थ्य लगायतका कतिपय क्षेत्रमा समयमा नै सुधार गर्न नसकेको बताइन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेर नागरिकलाई सेवा दिन नसके त्यसको जवाफदेही सरकार नै हुने भन्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीसँग छलफल गरेर स्रोत सुनिश्चितता गरिने धारणा राखिन् ।

बिना तयारी राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्दा नै धेरै कमी कमजोरीहरु देखिएको उनले बताइन् । प्रधानमन्त्री कार्कीले एकद्वार प्रणाली लागू गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्