काठमाडौं । न्याय परिषद्ले १० जिल्ला जना न्यायाधीशहरूको सरुवा गरेको छ । बुधवार बसेको न्याय परिषद्को बैठकले काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीशहरूको सरुवा गरेको हो ।

परिषद्ले बाराका न्यायाधिश भोलानाथ ढकाललाई न्याय परिषद्मा। काठमाडौंका न्यायाधीश प्रकाश कुमार अधिकारीलाई बारा अदालतमा, काठमाडौंका न्यायाधीश मदन बहादुर धामीलाई न्याय परिषद्मा, मोरङक न्यायाधीश बाबुराम सुवेदीलाई बारा अदालतमा, काठमाडौंका न्यायाधीश ढाकाराम पौडेललाई ललितपुर अदालतमा, रौतहटका न्यायाधीश बिमला रेग्मीलाई काठमाडौं अदालतमा। रुपन्देहीका न्यायाधीश नारायण सापकोटालाई काठमाडौं अदालतमा, दाङकी न्यायाधीश प्रतिमा कुमारी पोखरेललाई काठमाडौँ अदालतमा, कैलालीका न्यायाधीश हरिसिद्धि धामीलाई रौतहट अदालतमा र धनुषाका न्यायाधीश अनुपमा पन्तलाई न्याय परिषद्मा सरुवा गरेको छ ।
त्यस्तै, परिषद्ले २० जिल्ला न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।











