Logo
Logo

जेनजीको मुद्दा र मेरो एजेन्डा एउटै होः शेखर कोइराला


567
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ-६ का मतदातासँग चुनावी सभा गर्दै आफ्नो एजेन्डा र जेनजीको प्रदर्शनमा उठाइएका मुद्दा एउटै भएको बताएका छन् ।

डा. कोइरालाले भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि उठाएका माग ०६४ सालदेखि निरन्तर प्रस्तुत गर्दै आएको बताएका हुन् । ‘नेपाली कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो। जेनजीले पनि यही उद्देश्यका लागि काम गरिरहेका छन्,’ उनले भने।

उनले ०६४ सालको चुनावमा जाहेर गरेका प्रतिज्ञा पढ्दा अहिलेको एजेन्डा र मेल खाने पुष्टि हुने बताए । डा. कोइरालाले युवालाई स्थानीय चुनावमा ४० प्रतिशत र संघीय चुनावमा २० प्रतिशत प्रतिनिधित्व दिने विषयमा पनि लामो समयदेखि कुरा गर्दै आएको बताएका छन् ।

युवाका मुद्दा बोकेर आफू उनीहरूसँगै रहने इच्छा व्यक्त गर्दै उनले भने, ‘उमेरले मात्र युवा हुने हो भने म युवा होइन। तर युवाका मुद्दा बोकेर युवा बन्न सकिन्छ, र म ती मुद्दा बोकेर तपाईंहरूकै पक्षमा हिँडिरहेको छु ।’

डा. कोइरालाले पार्टी भित्र युवा प्रतिनिधित्वलाई सुदृढ बनाउन आफूले सक्रिय भूमिका खेलेको र पार्टी तथा राष्ट्रिय जिम्मेवारी पाउँदा पनि युवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्