Logo
Logo

कर्णालीमा १८ हजार सुरक्षाकर्मी खटिँदै


504
Shares

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा १८ हजार बढी सुरक्षाकर्मी खटाइने भएको छ ।
१० जिल्ला रहेको कर्णालीमा नेपाल प्रहरी र निर्वाचन प्रहरी गरेर १८ हजार पाँचसय २८ जना सुरक्षाकर्मी खटाइने भएको हो ।

कर्णालीमा ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्र रहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहे पनि निर्वाचन प्रहरीको तालिम सञ्चालन भइरहेको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरीसहित १५ हजार ३ सय २८ प्रहरी खट्ने भएका छन् ।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी रामप्रकाश शाहले पाँच हजार पाँचसय ८० जना नेपाल प्रहरी र ९ हजार ७ सय ४८ निर्वाचन प्रहरी फिल्डमा खटिने जानकारी दिए । उनका अनुसार प्रदेशभर अझै ३ सय ३९ प्रहरी अपुग भइरहेको छ ।

यस्तै सशस्त्र प्रहरी बलले भने निर्वाचन प्रहरीसहित तीन हजार दुई सय प्रहरी खटाउन थालेको हो । दुईहजार दुई सय सशस्त्र प्रहरी र १ हजार निर्वाचन प्रहरी तयार अबस्थामा राखेको छ । कर्णालीका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशीलमा राखिएको छ ।
कर्णालीका १ हजार ४ सय ३७ मतदान केन्द्रमध्ये ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा छ ।

प्रदेश निर्वाचन आयोगका अनुसार, प्रदेशभर कुल मतदाता संख्या १० लाख ३७ हजार २५० रहेको छ । प्रदेश निर्वाचन आयोगका अनुसार, प्रदेशभर कुल मतदाता संख्या १० लाख ३७ हजार २५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्