Logo
Logo

कांग्रेस सभापति बनेपछि पहिलोपटक पोखरा पुगे गगन


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पोखरा पुगेका छन् । विशेष महाधिवशेनबाट पार्टीको सभापति भएपछि उनी पहिलोपटक पोखरा पुगेका हुन् ।

शुक्रबार बिहान पोखरा विमानस्थल ओर्लिएका थापालाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका कांग्रेस नेताहरूले स्वागत गरेका छन् ।
सभापति थापा केही बेरमा नेपाली कांग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् भने लगत्तै कांग्रेस गण्डकीको बैठकमा सामेल हुँदै छन् ।

त्यसपछि उनले गण्डकी क्षेत्रका विभिन्न जिल्लाका नेता÷कार्यकर्ता एवं उम्मेदवारसँग छलफल गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्