काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको आदेशलाई सदर गर्दै अधिकारीलाई धरौटीमा छाड्न नमिल्ने ठहर गरेको हो ।
यसअघि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले धरौटीमा छाड्ने माग अस्वीकार गरेको हो ।











