विराटनगर । नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक ९एसपी० राजेश घिमिरेको निधन भएको छ ।

मोरङको बिराटचोकमा शुक्रवार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए ।
उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा राति ८ बजेर ५२ मिनेटमा निधन भएको हो ।
उनलाई उच्च रक्तचाप पनि देखिएको थियो । बैठकका क्रममा ढलेका उनको जिब्रो काटिएको थियो । घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।











