Logo
Logo

हो-हल्ला गर्दै बाइक चलाउने २५ युवा पक्राउ


378
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल आतंक मच्चाएको भन्दै प्रहरीले ‘खतरनाक खोपडी (द ड्यान्जरस स्कूल)’ नामक युवा समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरूले प्रशासनको अनुमति बिना मोटरसाइकल र्‍याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याएको प्रहरीको आरोप छ।

उक्त समूहका युवाहरूले कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा र्‍याली निकाल्दै हो–हल्ला गरेपछि प्रहरीले पक्राउ गरेको हो ।शनिबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिकै तीनकुने चोक हुँदै सो समूह धुलियाबिटतर्फ जाँदै थियो ।

उनीहरूले सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरेको पाइएको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ८ वटा मोटरसाइकल र ४ वटा स्कुटरमा आएका २५ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्