Logo
Logo

प्रधानमन्त्री कार्कीद्धारा राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना


252
Shares

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आइसीसी टी-२० विश्वकपको पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिएकी छन् ।

विश्वकपको समुह सी मा रहेको नेपालले आज इङल्याण्डविरुद्ध दिउसो ३: १५ बजेदेखि खेल्दै छ ।

प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने विश्वास व्यक्त गर्दै इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना दिएकी छन् ।

उनले भनेकी छन्-आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ । कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति । तेस्रोपटक आईसीसी टी-२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्काररसफलताको आड छ। इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना १ विजयी भवः।  

प्रतिक्रिया दिनुहोस्