Logo
Logo

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता हो : ओली


315
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाट निर्देशित भएको बताएका छन् । 

धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल ५ हजार वर्ष पुरानो गौरवशाली इतिहास भएको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वकै अग्रणी रहेको दाबी गरे । नले‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई नै आधुनिक युगमा समृद्धिको आधार बनाइएको उल्लेख गरे । सम्बोधनका क्रममा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातनलाई नेपालको मूल सभ्यता र पहिचानका रूपमा रहेको बताए ।

‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रयोगमा आएको भन्दै उनले सनातन परम्परा सबै धर्म मान्ने नेपालीहरूको साझा सम्पती भएको बताए । ओलीले चिकित्सा विज्ञान (सर्जरी) को शुरुवात नेपालकै भूमिबाट भएको बताउँदै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको उल्लेख गरे । उनले नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको नेपालको गौरव पुनस्र्थापित गर्ने आफ्नो संकल्प रहेको बताए । 

ओलीले भने, ‘यो भूमिमा आज, यो भूमि कस्तो भूमि हो, यहाँका पुर्खा के सोच्थे भने अघि गुरुले एउटा मन्त्र भन्नुभयो,सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् । सबै सुखी हुन्, सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्, कोही पनि कुनै आपतमा नपरोस्, डर त्रासको वातावरण नहोस्, सर्वत्र शान्ति होस् । अघि म आइपुग्दै गर्दा टिका लगाइदिँदै गर्दा स्वस्ति वाचन गर्नुभयो गुरुले शान्तिको कामना गर्नुभयो । स्वस्तिलाई उहाँले संक्षिप्तमा टुङ्ग्याउनुभयो नत्र भने आकाश शान्ति, पृथ्वी शान्ति, जल शान्ति, वनस्पतयः शान्ति, सबै कुरामा शान्ति हुनु पर्दछ, आकाशमा जलमा पृथ्वीमा हावामा पानीमा वनस्पतिमा प्राणीहरूमा सर्वत्र शान्ति हुनु पर्दछ भन्ने उहाँले मन्त्र सुनाउँदै हुनुहुन्थ्यो । हाम्रा पुर्खाहरू त्यस्तो कामना गर्ने र सर्वे भवन्तु सुखिनः सबै सुखी होऊन्, कोही पनि डर भय त्रास भएका अवस्थामा बाँच्न नपाओस्, कसैलाई कुनै प्रकारको पनि दुःख कष्ट भन्ने नआओस् । अहिले आएर मैले नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने भनेको छु, यो कुरा हाम्रा वेदहरूले भनेको कुरा हो । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु दुःख कसैलाई पनि नपरोस् भन्ने त्यो भाव सबैमा आओस् भन्ने त्यो पुरानो हाम्रो मन्त्र नै हो । यसरी यो देशलाई फेरि हामीले बिचमा हामी सबभन्दा अगाडि थियौँ विश्वमा ज्ञान सृष्टि यो अनेक रचना यी सबै गर्ने हाम्रा पूर्वजहरू थिए । शास्त्र बनाउने हाम्रा पूर्वज थिए, पहिलो सर्जन यहीँ धर्तीका थि ए। त्रेतामा विश्वामित्र ऋषि विश्वामित्रका छोरा ऋषि सुश्रुत पहिलो सर्जन थिए विश्वकै। पहिलो सर्जरी गर्ने उनी नै थिए । ऋषि विश्वामित्रले नै मन्त्रहरूको पनि मन्त्र गायत्री मन्त्र बनाएका थिए कौशिका ऋषि, कौशिक र विश्वामित्र भनेका एउटै ऋषि हुन्।’

प्रतिक्रिया दिनुहोस्