Logo
Logo

धादिङमा दुईवटा बस ठोक्किए


315
Shares

काठमाडौं । मुग्लिङ-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस एकआपसमा ठोक्किएका छन् ।

The current image has no alternative text. The file name is: accident.jpg

दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे ठोक्किएका हुन् । 

दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ । पसलमा रहेका र बसमा सवार यात्रुहरू समेत घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक र काठमाडौंका अस्पताल पठाइएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।

प्र.३–०१–००६ ख १५५२ नं. को बस चालक दाङको तुलसिपुर उपमहानगरपालिका- ६ बस्ने २४ वर्षीय सन्तोष नेपालीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्