काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरेको हत्या घटनामा संलग्न २ जनालाई प्रहरीले सार्वजनिक गर्ने भएको छ ।
८१ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राई हत्याको आरापेमा काठमाडौंबाट पक्राउ परेका दुई जनालाई प्रहरीले आज (आइतबार) सार्वजनिक गर्न लागेको हो ।
पक्राउ परेका दुवै मगर थरका रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने दुवै दाजुभाइ रहेको पनि बुझिएको छ । पक्राउ पर्नेमा करिब ३० वर्षीय दाइ र करिब २५ वर्षीय भाइ रहेका छन् ।
माघ १३ गते राई दम्पतीको घरैभित्र लुटपाटपछि हत्या गरिएको थियो । घटना भएको १२ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गर्न लागेको हो ।
राई दम्पतीको हत्याअघि सोही वडामा मगर दम्पतीको भएको थियो । उक्त घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक गरि कारागार चलान गरिसकेको छ । सोही समूहले त्यसअघि सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया एकल महिलाको पनि हत्या गरेका थिए ।











