Logo
Logo

ओलीको प्रचार कार्यालयमा बालेन


1.3k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापाको दमकस्थित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रचार कार्यालयमा पुगेका छन्।

आइतबार शाह दमक नगरपालिकामा कार्यकर्ता तथा मतदाता भेटघाटमा व्यस्त थिए। भेटघाटकै क्रममा दमक–३ स्थित एमाले प्रचार कार्यालय अगाडि पुगेका थिए।

एमालेको प्रतिनिधि सभा सदस्यको प्रचारका लागि कार्यालयमा स्थानीय नेता तथा कार्यकर्ता बसिरहेका थिए। त्यही वेला उनी कार्यालयमा पुगे र एमालेका स्थानीय नेता तथा कार्यकर्तासँग हात मिलाए।

प्रतिक्रिया दिनुहोस्