Logo
Logo

आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ: प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छन्।

The current image has no alternative text. The file name is: pm-1.jpg

सोमबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले जित र हार खेलको नियम भएकाले त्यसमा धेयान नदिई खेलको प्रदर्शनलाई महत्त्व दिनुपर्ने बताए ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहेको अवस्थामा सेट ब्याटर लोकेश बम क्रिजमा रहँदा पनि जित निकाल्न सफल भएन ।

प्रधानमन्त्री कार्कीले भने, “जित–हार खेलको नियम हो। तर हामीले कसरी खेल्यौं, त्यो महत्वपूर्ण छ । आज नेपाली टोलीको प्रदर्शन साँच्चै तारिफयोग्य छ । आशा अझै बाँकी छ।”

उनले बालुवाटारस्थित निवासमै बसेर खेल प्रत्यक्ष हेरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्