Logo
Logo

आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छन् ।

जित र हार खेलको नियम भएको बताउँदै उनले आशा अझै बाँकी रहेको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेकी छन् ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन ।

तर, आजको खेल कसरी खेलिएको भन्ने कुरा महत्त्वपूर्ण रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । उनले भनेकी छन्– ‘जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौं, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ ।’

कार्की आफैं पनि बालुवाटारस्थित निवासमा बसेर खेल हेरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्