Logo
Logo

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन


315
Shares

झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गरेका छन् ।

The current image has no alternative text. The file name is: oli.jpg

चुनावी अभियानका क्रममा गृह जिल्ला आएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गरे।

उनले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगीलगायत बस्तीमा पुगेर मतदाता अपेक्षा, गुनासो सुन्दै भावी कार्ययोजनाका बारेमा जानकारी दिए ।

शुक्रबारदेखि नै अध्यक्ष ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

स्थानीयले यस क्षेत्रको विकासका लागि उनले पु¥याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरू पूरा गर्न आग्रह गरेको प्रचार समिति संयोजक देवेन्द्र दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्