Logo
Logo

बालेनलाई ओलीको कटाक्ष-आफ्नो क्षेत्रमा विश्वास  गुमाएपछि झापा पुगे


441
Shares

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संकेत गर्दै आफ्नो क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रमा पुग्ने गरेको टिप्पणी गरेका छन् । 

गौरीगञ्जमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘काठमाडौंमा जितिसकेको मान्छेले त्यहीँबाट किन लड्दैन ? आफ्नै जिल्लामा पत्याइँदैन भनेर नयाँ ठाउँ चहार्नुपर्ने बाध्यता आउँछ ।’ओलीले गौरीगञ्जसँग आफ्नो सम्बन्ध वि.सं.२०२६ सालदेखिको रहेको स्मरण गराए । उनले २०२६ देखि २०२९ सम्म सङ्गठनमा सक्रिय रहेका र २०३० मा जेल परेपछि केही समय बाधा पुगे पनि २०४७ को अन्त्यदेखि निरन्तर सम्बन्ध कायम रहेको बताए । 

ओलीले गौरीगञ्जको विकासमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै विगतको अवस्था र वर्तमान ‘सेल्फी रोड’ जस्तो बनेको क्षेत्रबीच आकाश–जमिन फरक रहेको बताए । हुलाकी राजमार्ग आफ्नै पहलमा सफल भएको दाबी गर्दै कन्काईको एक पुलबाहेक अधिकांश काम सम्पन्न भएको र रतुवा तथा कमला पुलका प्राविधिक समस्या समाधानको क्रममा रहेको ओलीले बताए । 

सामाजिक सुरक्षातर्फ आफ्नो नेतृत्वको सरकारले ज्येष्ठ नागरिक भत्ता ४ हजार पु¥याएको स्मरण गर्दै  ओलीले वर्तमान आर्थिक संकट र बारम्बार सरकार परिवर्तनले थप बढाउन नसकिएकोमा दुःख व्यक्त गरे । उनले सामाजिक सुरक्षा भत्तामा ठूलो रकम खर्च भइरहेको र ज्येष्ठ, एकल महिला, अपाङ्गता लगायतले लाभ लिइरहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्