Logo
Logo

झापा १ का स्वतन्त्र उम्मेदवार खान्द्रुकको समर्थन नेकपा उम्मेदवार घिमिरेलाई


1k
Shares

काठमाडौं । झापा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार खान्द्रुक करुवाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार इन्जिनियर अशेष घिमिरेलाई समर्थन गरेका छन् ।

करुवाले आज एक भिडियो सन्देश जारी गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको भन्दै नेकपाका उम्मेद्वार घिमिरेलाई मतदान गर्न आव्हान गरेका हुन् । ‘मेरो उम्मेद्वारी फिर्ता लिएको छु,’ भिडियो सन्देशमा करुवाले भनेका छन्, ‘अब नेकपाको उम्मेद्वार अशेष घिमिरेलाई मतदान गर्न अनुरोध गर्दछु ।’

स्वतन्त्र उम्मेद्वार करुवाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको भए पनि निर्वाचन आयोगले दिएको उम्मेद्वारी फिर्ता लिने समयमा उम्मेद्वारी कायम राखेकाले मतपत्रमा भने करुवाको चुनाव चिन्ह आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्