Logo
Logo

तामाकोशी बस दुर्घटनाः ४ जनाको शव निकालियो


378
Shares

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका त्रिवेणी नजिकै तामाकोशी नदीमा खसेको अरनीको यात्रुबाहक बसबाट ४ जनाको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजनप्रसाद तिम्सिनाले १० जनाभन्दा बढीको उद्धार गरी अस्पताल पठाइएको बताए । उनका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन छैन भने अन्य यात्रुहरुको उद्धार जारी रहेको छ ।

रामेछापका सीडीओ श्यामकृष्ण थापाले काउन्टरबाट ८ जनाको टिकट काटेको पाइए पनि बीचबीचमा अरु यात्रु चढेकाले बसमा जम्मा कति जना थिए यकिन नभएको बताए । उद्धार जारी नै रहेकाले मृत्यु र घाइतेको विवरण अहिले प्राप्त भइनसकेको सीडीओ थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्