Logo
Logo

रास्वपामै बसेकी रिमालाई कुलमानले दिए शुभकामना


1.1k
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको समानुपातिक सूचीमा बसेकी रिमा विश्वकर्मालाई शुभकामना दिएका छन् ।

काठमाडौं ४ मा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै घिसिङले रिमा आफ्नो करिअरका लागि रास्वपामा बसेकोे भन्दै उनलाई शुभकामना दिए । साथै उनले उज्यालो नेपालबाट अलग भएपछि रिमासँग आफ्नो कुरा भएको बताए ।

‘उहाँलाई हामीले समानुपातिकको एक नम्बरमा राखेका थियौँ । रास्वपापट्टि उज्यालो नेपालबाट समानुपातिकमा पनि दलित महिलातर्फ एक नम्बरमै हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले करिअरका हिसाबले उतै बस्छु भन्नुभयो, मैले शुभकामना दिएँ ।

त्यस्तै घिसिङले सामाजिक एल्गोरिदमलाई नियन्त्रणमा लिएर गलत भाष्य बनाउने काम भइरहेको गुनासो गरे । ‘हामी काम गर्ने र परिणाम दिने मान्छे हाैं । सोसल मिडिया चलाउन पनि आउँदैन । हाम्रो रियल जे हो त्यही सोसल मिडियामा आउँछ । ब्रिकेटेड अल्गोरिदम बनाएर यो मान्छे जित्छ, उ जित्छ भनिएको छ तर रियलमा त्यो हुँदैन,’ उनले भने, ‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं । हाम्रो मान्छे जित्छन् । म मात्र होइन, सबैभन्दा बढी उम्मेदवार काठमाडौंमा उज्यालो नेपालले जित्छ । देशभरिको भन्दिनँ, काठमाडौंमा एक नम्बरको पार्टी हुन्छौं ।’

प्रतिक्रिया दिनुहोस्