बुटवल । घरदैलो अभियानमा रहेका रास्वपा उम्मेदवार सुलभ खरेलविरुद्ध सुप्रिम सहकारीका पीडितहरूले बुटवल–११, होराइजन चोकमा प्लेकार्डसहित नाराबाजी गरेका छन् ।

पीडितहरूका अनुसार खरेल रेष्टुरेन्टभित्र गएर करिब एक घण्टासम्म बाहिर निस्किएनन् । आफ्नो बचत फिर्ताबारे प्रश्न गर्न आएको पीडितहरूले बताएका छन् । सुप्रिम सहकारीमा ७८ करोडभन्दा बढी रकम अपचलन भएको आरोप छ ।
घटनाबारे खरेलले आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् । रुपन्देही–२ मा ३९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।











