Logo
Logo

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस


126
Shares

काठमाडौँ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समिति’ को आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका छन् ।

The current image has no alternative text. The file name is: rastriya-sabha-2.jpg

सभापति दाहालले वार्षिक प्रतिवेदनमा विधेयकका दफाबार छलफलसम्बन्धी विज्ञ, मन्त्री र सचिव सबैको सहभागितामा कानुन विधेयकमाथि छलफल गर्दै आएको प्रष्ट पारे।

समितिको प्रतिवेदनमा २०८१ साउन १ गते देखि २०८२ असार मसान्तसम्म समितिबाट भएगरेका कामकारबाही र विधेयकको अवस्था, सदस्यको उपस्थिति, निर्णय र प्रतिवेदहरू समावेश गरिएको जानकारी दिए । उनका अनुसार यस अवधिमा औपचारिक रूपमा १०४ वटा बैठक सम्पन्न भएका छन् ।

ती बैठकमध्ये ८६ वटा बैठक विधेयक व्यवस्थापनको कार्यमा, चार वटा ऐन कार्यान्वयन मापनसम्बन्धी, पाँच वटा अध्ययन अनुसन्धानसम्बन्धी र नौ वटा अन्य विषयमा केन्द्रित रहेका सभापति दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्