Logo
Logo

नेकपा नवीन विचार र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति हो: प्रचण्ड


189
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई समकालीन राजनीतिक परिदृश्यमा नवीन विचार र स्पष्ट दीर्घदृष्टि बोकेको शक्तिका रूपमा प्रस्तुत गरेका छन् ।

पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान आवश्यकता र जनअपेक्षालाई ध्यानमा राखेर पार्टीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको बताए । उनका अनुसार परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भलाई समेटेर घोषणापत्र तयार पारिएको छ ।

संयोजक दाहालले केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले भ्रष्टाचारविरुद्धको अभियानसम्बन्धी द्वैध सन्देश प्रवाह गरिरहेको भन्दै आपत्ति जनाए। उनले भ्रष्टाचार नियन्त्रणका विषयमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।

कार्यक्रममा उनले पछिल्लो समय उल्लेख्य संख्यामा युवाहरू पार्टीमा आबद्ध भएको दाबी गर्दै युवापुस्ताको सक्रिय सहभागिताले पार्टीलाई थप ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्