काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा आयोजित बैठक बुधबार सम्पन्न भएको हो । बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूको प्रशंसा गर्दै पृतनापतिहरूलाई धन्यवाद दिएका छन् ।
बैठकमा प्रधानसेनापतिले एकीकृत सुरक्षा योजना २०८२ अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन लक्षित सुरक्षामा प्रभावकारी रूपमा खटिन निर्देशन दिएका थिए । उनले निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष तवरले सम्पन्न गर्न विशेष जोड दिएका थिए ।
यसका साथै बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, सञ्चालनमा रहेका तालिमहरूको समीक्षा तथा बन्दोबस्तीका विविध पक्षहरूमा समेत छलफल भएको सैनिक स्रोतले जनाएको छ ।











