Logo
Logo

इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै


0
Shares

The current image has no alternative text. The file name is: samuel.jpg

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको इन्डो-प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो तीनदिने भ्रमणका लागि भोलि बिहीबार नेपाल आउँदै छन् ।

भ्रमणका दौरान उनले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनसमेत गर्ने नेपाली सेनाले जनाएको छ ।

यस प्रकारको भ्रमणबाट दुई देशबीचकोसम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाकार्यजस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनी पूर्वनिर्धारित कार्यक्रमबमोजिम नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्