
काठमाडौं । संघीय संसद अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।











