Logo
Logo

अदालतमाथि विश्वास छ, न्याय मिल्छ : रवि लामिछाने 


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: rabi-4.jpg

बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिक बुझ्न आफू विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरेका हुन् । 

सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए । उनले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले आफूले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको बताए । सभापति लामिछानेले आफूहरू कानुनी राज्य स्थापित गर्न हिँडेकाले कानुनी प्रक्रियालाई राम्रोसँग बहन गर्ने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्