Logo
Logo

शेयर बजार ४ दिनपछि हरियो, ११ अर्बभन्दा बढी कारोबार


126
Shares

काठमाण्डौ । चार दिनको लगातार गिरावटपछि शेयर बजारमा आज सुधार देखिएको छ । नेप्से परिसूचक ८.९७ अंकले बढेर २,६७१.०७ विन्दुमा पुगेको छ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आज होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूह बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । विकास बैंक समूह सर्वाधिक १.१८ प्रतिशतले बढेको छ।

कारोबारमा १३९ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सबैभन्दा बढी लाभ कमाएको छ। बजार बढेको दिन कालिञ्चोक दर्शन कम्पनीको शेयर भने ७.५९ प्रतिशतले घट्दै सर्वाधिक दबाबमा देखिएको छ।

नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । हिजो ८ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता शेयर ११ अर्ब १० करोड रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्