Logo
Logo

विश्वप्रकाशको प्रस्तावः प्रधानमन्त्री पाँच वर्ष टिक्ने संवैधानिक व्यवस्था गरौँ


189
Shares

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश र्माले पाँच वर्ष स्थिर सरकार हुने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने बताएका छन्।

बिहीबार भैरहवामा आयोजित कांग्रेस उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले सबै दल छुट्टाछुट्टै चुनावमा जानु राम्रो भएको बताए। ‘चुनावमा प्रायः दल गठबन्धन नगरेर गएका छौँ, यो सकारात्मक कुरा हो,’ शर्माले भने।

कांग्रेस बहुमतका लागि चुनावमा गएको भए पनि प्रधानमन्त्री पाँच वर्ष टिक्ने व्यवस्था गर्नुपर्ने बताए। ‘कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको छ। यो आफ्नो ठाउँमा छ, तर हामी चाहन्छौँ– प्रधानमन्त्री पाँच वर्ष टिक्न र टिकाउन संवैधानिक व्यवस्थानै गरौँ,’ शर्माले भने।

प्रधानमन्त्रीले पूरै पाच वर्ष शासन गर्ने व्यवस्था आवश्यक भएको उनको भनाइ थियो। ‘प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै पाँच वर्ष शासन गर्ने, कथं बहुमत नपुगेमा विनर्स टेक अलको नीति बमोजिम अपुग संख्या सुनिस्चित गर्ने, दोस्रो र तेस्रो लगायतका दल सरकारमा नगएर पूरै पाँच वर्ष प्रतिपक्षी कित्तामा बस्ने, यस्तै कुनै अवधारणामा चुनाव पूर्व जरुरी राष्ट्रिय सहमति गरौँ,’ शर्माले भने, ‘सभामुख चयनपछि बस्ने संसद्को पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गरौँ।’

त्यस्तै, गोलमेच सम्मेलनबाट सुधारका लागि सहमति गर्नुपर्ने पनि बताए। ‘चुनाव पूर्व सरकार, दलहरू, बौद्धिक क्षेत्र र जेनजी सहितको गोलमेच भनौँ या वृहत् सम्मेलन भनौँ, त्यसबाट वर्तमान संविधान र समग्र पद्धतिमा दर्जन बढी सुधारको सहमति गरौँ,’ शर्माले भने।

प्रतिक्रिया दिनुहोस्