Logo
Logo

महोत्तरीमा ट्याक्टर दुर्घटना: दुई बालिकाको मृत्यु


126
Shares

जनकपुरधाम । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको ज्यान गएको छ ।

The current image has no alternative text. The file name is: dath-dead-body.jpg

मृत्यु हुनेमा मटिहानी नगरपालिका-४ मझौराका ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका-११ मरडाकी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार मझौरामा गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको बेला दुवै बालिका ट्याक्टरमा बसेका थिए । अचानक लड्दा रोटाभेटरमा परेर टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेको र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्