Logo
Logo

समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको सङ्कल्प


441
Shares

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  प्रचण्डले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

जनयुद्धको सुरुआतस्थल आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकामना दिँदै उनले जनयुद्धका स्मृतिहरू ताजा भएको बताए ।

उनले भने, ‘यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरणहरू ताजा भएर आएका छन् । जनयुद्धमा यहाँका  जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्