Logo
Logo

डा. शिव रिजालका दुई पुस्तक सार्वजनिक


378
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायको कला, संस्कृतिको महत्व समेटेटिएका डा. शिव रिजालका दुई पुस्तक प्रकाशनमा आएका छन् ।

The current image has no alternative text. The file name is: dr-rijal.jpg

बज्र बुक्सले बजारमा ल्याएको रिजालका ‘पोएटिक्स अफ नेवाः स्पेश पिपुल, आर्किटेक्चर एन्ड पफमेटिभिटी र ‘टकिङ स्पेश’ नामक अङ्ग्रेजी भाषामा लेखिएका सो पुस्तक आज यहाँ प्रा. डा. अभि सुवेदीले सार्वजनिक गरेका हुन् । यी पुस्तक दिल्लीस्थित आदर्श इन्टरप्राइजेजले प्रकाशन गरेको हो ।

काठमाडौँ उपत्यकाभित्रका नेवार समुदायको परम्परागत कला, संस्कृतिको उद्गम र विकासको मुख्य आधार समुदायमा हुने सार्वजनिकस्थलको स्पेस रहेको सुवेदीले बताए । नेवार समुदायले सार्वजनिकस्थलमा सामूहिक रूपमा आफ्ना कला, संस्कृति पस्किँदै आएको संस्कृति आफैँमा रोचक रहेको उनले सुनाए ।

पुस्तकको समीक्षा गर्दै प्रमोद मिश्रले नेवार समुदायको उपत्यकाभित्र देखिएको संस्कृतिभन्दा पनि लुकेका र गुमनाम भएका थुप्रै अमूल्य संस्कृतिलाई रिजालको पुस्तकमा अध्ययन गर्न पाइने बताए ।

त्यसैगरी, बज्र बुक्सका प्रकाशक विदुर डङ्गोलले रिजालका दुई पुस्तकमात्रै पुस्तकका रूपमा नभई नेवार सभ्यताको दस्तावेज रहेको बताए । पुस्तक सार्वजनिकपछि लेखक रिजालले आफू साहित्यको विद्यार्थी भएकाले नेवार कला, संस्कृतिमा जहाँ त्यहीँ साहित्य भाव झल्किएको बताए ।

प्रतिक्रिया दिनुहोस्