Logo
Logo

ओलीप्रति रविको कटाक्षः लोकतन्त्रको खतरा हेलिकप्टर चढेर भागेको छ


504
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने ले देशको समस्या समाधानका लागि चुनावको विकल्प नभएको बताएका छन् । सुर्खेतमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले प्रश्न गरे– चुनावले निकास नदिए, केले दिन्छ ?

सभापति लामिछानेले चुनाव जसरी पनि हुर्नैपर्ने बताए । उनले भने– ‘नाव गर्न हुँदैन, सार्नुपर्छ भन्ने कुरा कता–कता सुनेको छु। चुनावले निकास दिँदैन भने लोकतन्त्रमा निकास दिने अर्को उपाय के हो ? लोकतन्त्रमा सबैभन्दा ठूलो तागत जनताको हो। जनताले भोटबाट तागत देखाउने यो उत्सवले निकास नदिए, के आन्दोलनले दिन्छ ? यदि त्यही हो भने, म एउटा अफर दिन चाहन्छु, रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्। हामी भोटबाट परिवर्तन चाहन्छौँ, रगतको एक थोपा पनि चुहाउन चाहँदैनौँ ।”

लामिछानेले जनता जागेको बेला चुनावको विकल्प नरहेको उल्लेख गरे । उनले भने, ‘लोकतन्त्रको खतरा हेलिकप्टर चढेर भागेको छ, ल्यान्ड नहोस्। लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकप्टर सिंहदरबार वा बालुवाटार मा ल्यान्ड हुन्छ।’

प्रतिक्रिया दिनुहोस्