Logo
Logo

गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्छ: रवि लामिछाने


252
Shares

The current image has no alternative text. The file name is: rabii.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिब बस्तीमा डोजर चलाइने भन्ने भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

चुनावी वाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै उनले गरिबको बस्ती हटाउने होइन, व्यवस्थापन गर्ने पार्टीको नीति रहेको स्पष्ट पारे ।

“कतिपयले बस्तीमा डोजर चल्छ भनेर तर्साउने काम गरिरहेका छन्,” लामिछानेले भने, “गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन । डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चल्छ। हामी गरिबको व्यवस्थापन गर्छौं।”

उनले रास्वपाका उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गर्दै मतदातासँग जवाफदेहिताको प्रतिबद्धता पनि व्यक्त गरे।

“अहिले तपाईंहरूले घण्टी बजाउनुहोस् । पाँच वर्षपछि केही गर्न सकेनौं भने राजनीतिक रूपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्