Logo
Logo

मतदातासँग रावलको गुनासो : सूर्यमा ग्रहण लाग्यो, ओलीले एमाले खरानी बनाए


441
Shares

काठमाडौं । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गृहजिल्ला अछामबाट उम्मेदवार बन्न वञ्चित भीम रावल यसपटक नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट चुनावी मैदानमा उत्रिएका छन् ।

The current image has no alternative text. The file name is: bhim-rawal-2.jpg

अघिल्लो निर्वाचनमा नेकपा एमालेले टिकट दिएको रावललाई पछि पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

जेनजी आन्दोलनपछि नेकपामा प्रवेश गरेका रावल अहिले अछाम-१ बाट प्रतिनिधिसभा उम्मेदवार छन्। यसपटक उनीसँग एमालेको चुनाव चिन्ह ‘सूर्य’ छैन ।

अछाममा मत माग्ने क्रममा पुराना मतदाताले ‘सूर्य’ चिन्ह र एमालेबारे प्रश्न उठाइरहेको दृश्य रावलले बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा एक वृद्ध मतदाताले उनलाई चुनाव चिन्ह ‘सूर्य’बारे जिज्ञासा राखेको देखिन्छ । जसको उत्तरमा रावल भन्छन्, “सूर्यमा त ग्रहण लाग्यो के गर्नु । बनाउने त हामी हौँ, मैले नेतृत्व गरेको ।”

त्यसपछि उनी केपी शर्मा ओलीप्रति रोष प्रकट गर्दै भन्छन्, “अहिले केपी ओलीले काम नलाग्ने खरानी बनाए। अर्को २५ पार्टी मिलेर आएका छौँ।” अन्ततः रावलले मतदातालाई आफूलाई ‘तारामै भोट हाल्न’ आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्