Logo
Logo

झापामा ओलीलाई सुकुम्बासीले मागे हिसाब-किताब (भिडिओ रिपोर्ट)


441
Shares

काठमाडौं । चुनाव नेपाली राजनीतिका लागि एउटा यस्तो मौसम हो, जहाँ आश्वासनका ‘स्वर्ग’ धर्तीमा झारिन्छन् । विकासका ‘कागजी बाढी’ले गाउँ–बस्ती डुबाउँछ । नेताहरूका कुरा पत्याउने हो भने देश दुई दिनमै स्वर्ग बन्छ, देशका सबै समस्या एकै झट्कामा समाधान हुन्छ । भ्रष्टाचारी र अपराधिलाई सेकेन्ड सेकेन्डमै जेल कोचिन्छ । तर, विडम्बना के छ भने मतपत्र ब्यालेट बक्समा खसेकै दिन ती सबै सपनाहरू तुहिन्छ । हिजोसम्म जनताका ‘चाकर’ बनेर दैलोदैलो पुग्नेहरू ‘शासक’ बनेर सिंहदरबार छिर्छन्, तर जनताको निरीहताको कथा कहिल्यै फेरिँदैन ।

यसै परिपाटीका सबैभन्दा चर्चित पात्र हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । झापाका सुकुम्बासी बस्तीलाई साक्षी राखेर उनी बारम्बार शक्ति र सत्ताको सिँढी चढे । तर, ती बस्तीका ओत लाग्ने छानो र टेक्ने जमिनको स्वामित्व अझै ‘मृगतृष्णा’ नै बनिरहेको छ । त्यसैले कुनै समय ‘केपी बा’को नाम सुन्दा ताली गुञ्जिने झापाका चोकहरूमा आज प्रश्नको तुफान आउन थालेको छ । गौरीगञ्जका बासिन्दा हुन् वा दमकका सुकुम्बासी, गुनासो एउटै सुनिन्छ– ‘हामीलाई सधैं चुनावी भोट बैंक मात्र बनाइयो ।’

उखान टुक्काको जादू, रेल र पानीजहाजका ठूला गफले झापालीलाई ओलीले मन्त्रमुग्ध पारेकै हुन् । तर, अहिले परिस्थिति फेरिएको छ । ओलीलाई यसपटक आफ्नै मतदाताहरुले ¥याख¥याखती पारिरहेका छन् ।

थप भिडिओमा

प्रतिक्रिया दिनुहोस्