Logo
Logo

कर्मचारी सञ्चयकोषको कर्जा माछापुछ्रेबाट तिर्न सकिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुछ्रे बैंकको कुनै पनि शाखाको काउन्टर बाट सहजै भुक्तान गर्न सकिने भएको छ । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुछ्रे बैंक पहिलो बैंक बनेको छ । यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ ।

यसअघि माछापुछ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सक्ने गरी सहमति भएको थियो र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुछ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० शाखा, १३३ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटिएममार्फत ग्राहक महानुभावलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्