Logo
Logo

सशस्त्र प्रहरी हेडक्वार्टरबाट खटिए १६०० बढी जनशक्ति


567
Shares

काठमाडौं । २१ फागुनमा हुने निर्वाचनका लागि १६ सय भन्दाबढी सशस्त्र प्रहरी जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकले आज देशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षाका लागि जनशक्ति खटाएको हो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले निर्वाचन सुरक्षार्थ सशस्त्र हेडक्वार्टरबाट एक हजार ६०० भन्दा जनशक्ति खटाइएको जानकारी दिए ।

यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् । ‘भर्चुअल’ माध्यममार्फत उनले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्