Logo
Logo

सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री


504
Shares

काठमाडौं । नेपाली सेनाले देशभरका ४३ जिल्लामा निर्वाचन सामग्री पुर्‍याएको छ।

The current image has no alternative text. The file name is: dhuwani-1.jpg

निर्वाचन पूर्वतयारीअन्तर्गत सेनाले हाल निर्वाचन सामग्री ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार अहिलेसम्म ४३ जिल्लामा सामग्री पुगिसकेको छ ।

“४३ जिल्लामा निर्वाचन सामग्री पुगिसकेको छ, बाँकी जिल्लामा पनि ढुवानी जारी छ,” सहायक रथी बस्नेतले बताए ।

उनका अनुसार हाल १२ जिल्लामा सामग्री ढुवानी भइरहेको छ भने त्यसपछि बाँकी २२ जिल्लामा सामग्री पुर्‍याइनेछ ।

हिमाली जिल्लामा हवाईमार्फत ढुवानी

तीन हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा सेनाले हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गरेको छ । डोल्पामा आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत सामग्री पुर्‍याइएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

स्काई ट्रकमार्फत मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगीन मतदाता नामावलीलगायतका सामग्री डोल्पा पुर्‍याइएको हो ।

सेनाले अब मनाङ र मुस्ताङमा पनि हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्