काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-९ मा एक घरभित्र पसेको चितुवालाई वन टोलीले उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, टोलीले डार्ट प्रयोग गरेर चितुवालाई नियन्त्रणमा लिएको हो ।
आइतबार बिहान घरमा पसेको चितुवाको आक्रमणबाट दुई व्यक्ति घाइते भएका थिए । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन् । स्थानीय अनोजमणि अधिकारीको घरमा चितुवा प्रवेश गरेको एसपी भट्टराईले जानकारी दिए ।











