Logo
Logo

दुर्गा प्रसाईंलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश


819
Shares

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरु डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले प्रसाईको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै आज ४ फागुन, २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल मगाएको हो ।

त्यही निर्देशनका आधारमा आफूहरुले प्रसाईलाई पक्राउ गरी अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंको दाबी थियो ।

सर्वोच्च अदालतले यसअघि नै दुर्गा प्रसाईले पेश गरेको मुद्दाको फाइल झिकाउन आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोक्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्