Logo
Logo

क्रिप्टो बजारमा गिरावट: बिटकोइन र इथरियममा करिब ५ प्रतिशत ह्रास


252
Shares

काठमाडौं । आज क्रिप्टोकरेन्सी बजारमा उल्लेखनीय गिरावट देखिएको छ । विश्वकै ठूलो डिजिटल मुद्रा बिटकोइनको मूल्य घटेर ६५ हजार ७४७ डलरमा पुगेको छ भने इथरियम एक हजार ८७९ डलरमा कारोबार भइरहेको छ ।

The current image has no alternative text. The file name is: crypto.jpg

बजार विश्लेषणअनुसार पछिल्लो २४ घण्टामा करिब एक लाख ३७ हजारभन्दा बढी व्यापारीले आफ्नो लगानी गुमाएका छन् । गुमेको लगानीको कुल मूल्य ४८१ मिलियन डलर ९करिब ६४ अर्ब नेपाली रुपैयाँ० भन्दा बढी रहेको बताइएको छ ।

विशेषज्ञहरूले बजारमा आएको यस गिरावटका पछाडि विभिन्न अन्तर्राष्ट्रिय कारण रहेको उल्लेख गरेका छन् । विशेषतः डोनल्ड ट्रम्पको नयाँ भन्सार नीति १५ प्रतिशत ट्यारिफ, मध्यपूर्व क्षेत्रमा बढ्दो भू-राजनीतिक तनाव, तथा ठूला कम्पनीहरूले बिटकोइन बिक्री बढाउनु मुख्य कारकका रूपमा हेरिएको छ ।

यी घटनाक्रमले लगानीकर्ताको मनोविज्ञानमा असर पार्दै क्रिप्टो बजारमा दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्