Logo
Logo

सेनाका पृतनापति केसीद्वारा बेस क्याम्पहरुको निरीक्षण


504
Shares

बैतडी । नेपाली सेनाका सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी किरण केसीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका दुर्गममा रहेका निर्वाचन सुरक्षाका बेस क्याम्पहरुको अनुगमन तथा निरीक्षण गरेका छन् ।

The current image has no alternative text. The file name is: sena-1.gif

उपरथी केसीले आज बैतडीको दुर्गम सिगास गाउँपालिकाको गर्जेस्थित बेस क्याम्पको निरीक्षण गर्नुभएको श्रीबक्स गुल्मका गु्ल्मपति सेनानी पृष्प लामाले जानकारी दिए । नेपाली सेनाको हेलिकोप्टरमार्फत सिगास पुगेका उपरथी केसीले बेस क्याम्पको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशनसमेत दिएको सेनानी लामाले बताए । निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले बैतडीका सबै स्थानीय तहका साथै सुदूरपश्चिमभरी बेस क्याम्प स्थापना गरेको छ ।

उपरथी केसी बैतडीपश्चात् दार्चुलातर्फ जानुभएको श्रीबक्स गुल्मले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित ढङ्गले मतदान गर्ने वातावरण बनाउन नेपाली सेना फिल्डमा खटिएको हो ।

यही फागुन २१ गते हुने निर्वाचनका लागि बैतडीमा नेपाली सेनासहित करिब दुई हजार ६०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एकमात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । जिल्लाभरि १२९ मतदानस्थल रहेका छन् । यहाँ ११ जना उम्मेदवार चुनावी मैदान रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्