Logo
Logo

रवि-बालेन सम्बन्धमा चिसोपन आएको हो ?


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलहको संकेत झापा क्षेत्र नम्बर ५ मा प्रष्ट देखिएको छ । पार्टी सभापति रवि लामिछाने दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुग्दा सोही क्षेत्रका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) भने अनुपस्थित रहेका छन् ।

देशका अन्य भागमा रवि र बालेन सँगै चुनावी प्रचारमा देखिइरहँदा, आफ्नै निर्वाचन क्षेत्रमा सभापति आउँदा बालेन अनुपस्थित हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

रास्वपाले वरिष्ठ नेताको क्षेत्रमा सभापतिको मुख्य सम्बोधन रहने गरी मंगलबार कार्यक्रम तय गरेको थियो । तर, लामिछाने चन्द्रगढी विमानस्थल ओर्लिएर दमक पुग्दा बालेन भने अघिल्लो दिन नै इटहरी पुगिसकेका थिए । रोचक कुरा त के छ भने, बालेन इटहरी गएकोबारे क्षेत्रीय समितिलाई समेत कुनै जानकारी थिएन ।

रास्वपा झापा–५ का एक नेताका अनुसार दुई नेताबीच समन्वयको ठुलो अभाव देखिएको छ । बालेनको चुनावी तालिका उनकै सचिवालयले बनाउने र पार्टीलाई यसबारे जानकारी नहुने ती नेताको भनाइ छ ।

विवाद यतिमा मात्र सीमित छैन । झापा–५ मा प्रयोग गरिएका चुनावी पोस्टर र प्रचार सामाग्रीमा समेत पार्टी सभापति रवि लामिछानेको तस्बिर कतै प्रयोग गरिएको छैन ।

प्रचार सामाग्रीमा केवल उम्मेदवार बालेनको मात्र फोटो राखिएको छ । स्थानीय नेताहरूका अनुसार उम्मेदवारको सचिवालयले नै यस्ता सामाग्री उपलब्ध गराउने र पार्टीले केन्द्रबाट छुट्टै सामग्री नपठाएकाले सभापतिको फोटो नभएको दाबी गरिएको छ । यी दृष्यले रास्वपाका दुई शीर्ष नेताहरूबीच शक्ति संघर्ष वा नीतिगत मतभेद रहेको हुनसक्ने अडकलबाजीलाई बल पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्