Logo
Logo

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


504
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

The current image has no alternative text. The file name is: rajdut.jpg

राष्ट्रपतिसमक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिर र चीनका राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनीहरू आवासीय राजदूत छन् ।

त्यसैगरी, राष्ट्रपतिसमक्ष मालदिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे। उनीहरू नेपालका लागि गैरआवासीय राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस्