Logo
Logo

निर्वाचनमा सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने


252
Shares

काठमाडौं । आसन्न प्रतिनिध सभा निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
मंगलबा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओेमप्रकश अर्यालले निर्वाचन सुरक्षाका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने पनि निर्णय भएको जानकारी दिए ।

त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धि सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन सम्बन्धि जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । १६औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरिएको छ । सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्विकृति प्रदान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्